ई. अल्का सापकोटा, पीएच्‌डी

ई. अल्का सापकोटा, पीएच्‌डी

परिचय

नवलपरासीमा जन्मिनु भएकी अल्का सापकोटा, ४३, पेशाले इन्जिनियर हुनुहुन्छ र उहाँले वातावरणीय इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको छ।
उहाँले फोहर मैला व्यवस्थापन, सहरी पूर्वाधार विकाश, खानेपानी-सिँचाइ लगायतका क्षेत्रमा विज्ञका रूपमा काम गर्दै नीतिगत र व्यावहारिक दक्षता हासिल गर्नुभएको छ। साथै उहाँले भौतिक पूर्वाधारमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका असमान पहुँचलाई पनि नजिकबाट नियाल्नु भएको छ।

हाल गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय सदस्य अल्काले फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरू लगायतका विकाश साझेदारहरूमा पनि विज्ञका रूपमा काम गर्दै पारदर्शिता, जबाफदेहिता र परिणाम मुखी कार्यशैलीलाई व्यवहारमा उतार्नुभएको छ।