नेपालको राजनीति लामो समयदेखि अस्थिरता, सत्ता–केन्द्रित स्वार्थ र आर्थिक तथा कथ्यमान पछौटेपनको परम्परागत ढाँचामा अड्किएको छ। यसै अवस्थालाई तोड्दै जनताको आवश्यकतामा केन्द्रित, दीर्घकालीन र व्यवहारिक राजनीतिक विकल्प निर्माण गर्ने लक्ष्यका साथ गतिशील लोकतान्त्रिक पार्टीको गठन भएको हो।
यो पार्टी केवल सत्ता प्राप्तिका लागि होइन, बरु नेपाली समाजको आधारभूत आवश्यकता र विश्वव्यापी अनुभवहरूलाई जोड्दै नीति–निर्माण र व्यवहारिक गन्तव्यतर्फको अभियान हो।
राजनीतिकलाई ‘फुटबल खेल’ र गत्यन्तरको साधन’ बनावट रोक्दै यसलाई विधिवत समाज सेवा को रूपमा स्थापित गर्नु। हामी राजनीतिलाई सुन्दरताका साथ जोड्दै भविष्यको पुस्ताका लागि एक जिम्मेवार र नमूनाे रूपमा पार्टीलाई विकास गर्न चाहन्छौं।
एउटा यस्तो आत्मनिर्भर र समृद्ध नेपाल को निर्माण, जहाँ शासन व्यवस्था पारदर्शी होस्, नेतृत्व जवाफदेही होस्, र प्रत्येक नागरिकले आफ्नो देशमै भविष्य देख्न सकोस्।
हाम्रो पार्टी निम्न ५ आधारभूत मूल्यहरूमा अडिग छ:
हामीसँग पूर्णकालीन (Whole-timer) कार्यकर्ता हुँदैनन्। सदस्यहरू आत्मनिर्भर भई समाज सेवाका लागि मात्र राजनीतिमा जोडिन्छन्।
पार्टी स्थापनाकाल देखि नै आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास।
आर्थिक सहयोग र खर्चको विवरण वेबसाइटमार्फत सार्वजनिक।
पदका लागि पद सिर्जना गरिँदैन। चेतनशील र कर्मठ व्यक्तिलाई मात्र नेतृत्व।
निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने (Right to Recall) र अस्वीकार गर्ने (Right to Reject) अधिकारको पक्षधर।
हाम्रो मार्गदर्शक सिद्धान्त प्रगतिशील उदारवाद (Progressive Liberalism) हो। नेपालको सन्दर्भमा हामी यसलाई ‘गतिशील मध्यमार्ग’ भन्छौं।
हामी आदर्श र व्यवहारिकताबीच निरन्तर संवाद र समन्वयमा विश्वास गर्छौं।
समाज सधैँ परिवर्तनशील हुन्छ; त्यसैले हाम्रा नीति, कानून र संस्थाहरू जडसुत्रवादी होइन, समयसापेक्ष र गतिशील हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।