गतिशील लोकतान्त्रिक
पार्टीको बारेमा

गतिशील लोकतान्त्रिक पार्टीको स्थापना किन भएको हो ?

गतिशील लोकतान्त्रिक पार्टी (गतिशील पार्टी), लोकतन्त्रलाई अझ सहभागितामूलक र अर्थपूर्ण बनाउन स्थापना भएको गतिशील मध्यमार्गी पार्टी हो । सम्वृद्धि, समता र स्वाभिमान पार्टीका राष्ट्रिय लक्ष्य हुन् । “सुशासन, उद्यमशीलता, समता: वडा वडामा दिगो रोजगारी हाम्रो प्रतिबद्धता !” पार्टीको मूल राजनीतिक एजेन्डा हो ।

हामीले कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र ऊर्जालाई रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका प्राथमिकता क्षेत्र मानेका छौँ ।

दिनेश राज प्रसाईंको अध्यक्षतामा गठित यस पार्टीको प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन आयोगबाट ब्याट्री चुनाव चिह्न प्राप्त गरेको छ ।

हाम्रो मार्गदर्शक सिद्धान्त

गतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त गतिशील मध्यमार्ग हो। यसको उद्देश्य सबै खाले चरमपन्थलाई अस्वीकार गर्दै व्यक्तिगत स्वतन्त्रता र सामाजिक–पर्यावरणीय न्यायलाई सन्तुलनमा राख्दै समावेशी, उत्पादनशील र न्यायपूर्ण समाज निर्माण गर्ने हो ।

न यो पार्टी अराजक पुँजीवादी हो, न संकीर्ण समाजवादी । यो साम्यवादी हैन, संवर्द्धनवादी पनि हैन, न त लोकरिझ्याइँमा रमाउने प्रियतावादी राजनीति यो पार्टीले गर्दछ ।

यस पार्टीले संवृद्ध समाजका लागि व्यक्ति, सरकार र बजारको सन्तुलित भूमिकामा विश्वास गर्दछ ।

राजनीतिक अडान

गतिशील लोकतान्त्रिक पार्टी समावेशी, उत्तरदायी र जनमुखी लोकतन्त्रमा दृढ विश्वास राख्दछ ।

गतिशील पार्टी गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्म निरपेक्षता र संसदीय व्यवस्था जस्ता नेपालको संविधानका मूलभूत सिद्धान्त तथा संरचनाहरूको पालना र रक्षाको लागि प्रतिबद्ध छ ।

यद्यपि लोकतन्त्रलाई अझ व्यावहारिक र मितव्ययी बनाउन आवश्यक ठानेमा संविधान संशोधन गर्न सकिन्छ भन्ने मान्यता यस पार्टीले राख्दछ ।

गतिशीलले सुशासन, समता र आर्थिक विकासको एजेन्डालाई लोकतन्त्र र सम्वृद्धिको आधार मान्दछ ।

मिसन र भिजन

हाम्रो भिजन

हाम्रो भिजन नेपाललाई आर्थिक रूपमा सम्वृद्ध, सामाजिक र आर्थिक रूपमा समतामूलक र राष्ट्रिय रूपमा स्वाभिमानयुक्त राष्ट्र बनाउनु हो। जहाँ राज्यले सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरोस्, र नागरिकले जात, लिङ्ग, वर्ग वा भूगोलका कारण अवसरबाट वञ्चित हुन नपरोस्। शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा सबैको समान पहुँच होस्। उत्पादनशील अर्थतन्त्रमार्फत आत्मनिर्भरता बढोस्, युवाले आफ्नै देशमा भविष्य देख्न सकून् र नेपालको अन्तर्राष्ट्रिय समुदायमा सम्मानित, आत्मविश्वासी र स्वतन्त्र पहिचान स्थापित होस्।

हाम्रो मिसन (दीर्घकालीन लक्ष्यहरू)

१.⁠ ⁠सम्वृद्धिको लक्ष्य: औद्योगिक र आर्थिक क्षेत्रका सरोकारवालाहरूको अध्ययन अनुसार १० वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलरको बनाउन सम्भव छ। मूलत: पर्यटन, कृषि, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, ऊर्जा, उत्पादन र खानी तथा खनिजमा लगानी मार्फत यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने निष्कर्षको हामी समर्थन गर्छौँ।

२. समताको लक्ष्य: अबको दश वर्षमा नेपालको मानव विकास सूचकांक ०.८ पुर्‍याइनेछ। हालसम्म विभेदमा परेका जातीय, क्षेत्रीय, लैङ्गिक समूहको समेत मानव विकास सूचकांक कम्तीमा ०.७५ पुर्‍याइनेछ।

३. स्वाभिमानको लक्ष्य: सम्वृद्धि, समता र हरेक वर्ष श्रम बजारमा आउने करिब ५ लाख नवयुवाको लागि स्वदेशमै पर्यटन, सूचना प्रविधि र कृषिमा गुणस्तरीय रोजगारीका अवसरको उपलब्धतालाई हामीले स्वाभिमानयुक्त नेपालको प्रमुख आधार मानेका छौँ । नेपाली पासपोर्टको इज्जत विश्वभरि बढाउने हाम्रो लक्ष्य छ ।

logo

हाम्रा मुल्यमान्यताहरू

हाम्रो पार्टी निम्न ५ आधारभूत मूल्यहरूमा अडिग छ:

राजनीति सेवा हो, पेशा होइन

हामीसँग पूर्णकालीन (Whole-timer) कार्यकर्ता हुँदैनन्। पार्टीमा सक्रिय रुपमा लाग्न चाहने सदस्यहरू आत्मनिर्भर भई समाज सेवाका लागि मात्र राजनीतिमा जोडिनेछन्।

आन्तरिक लोकतन्त्र

पार्टी स्थापनाकालदेखि नै आन्तरिक लोकतन्त्रको र जवाफदेहिताको संस्कार बलियो बनाइनेछ।

पारदर्शिता

पार्टीका सबै आर्थिक सहयोग र खर्चको विवरण तथा अन्य निर्णयहरू वेबसाइटमा सहजै उपलब्ध हुनेछन्।

समावेशि उत्कृष्टता

आन्तरिक पद र आम चुनावका उम्मेदवारहरू चयन गर्दा पहुँच र प्रभावको आधारमा नभई समावेशी उत्कृष्टताको सिद्धान्तलाई अवलम्बन गरिनेछ।

संघीय समितिको संरचना

अध्यक्ष
महासचिव
कोषाध्यक्ष
सदस्यहरु
६८