दस्तावेज तथा स्रोतहरू

हामी जे बोल्छौं, त्यो लेख्छौं। र जे लेख्छौं, त्यसलाई पूर्ण पालना गर्छौं ।
( हाम्रो पारदर्शिताको प्रमाणस्वरूप हाम्रा सबै आधिकारिक दस्तावेजहरू यहाँ सार्वजनिक गरिएका छन्। )

घोषणापत्र

प्रस्तावना गतिशील पार्टी नेपाली जनताको आकांक्षा, संघर्ष र भविष्यप्रतिको उत्तरदायित्वबाट जन्मिएको एक परिवर्तनमुखी राजनीतिक शक्ति हो। हामी लोकतन्त्रलाई केवल शासन प्रणाली होइन, जीवनशैलीका रूपमा स्वीकार गर्छौं। हाम्रो राजनीति सत्तामुखी होइन, जनमुखी हुनेछ।

मुख्य विशेषताहरू:

  • प्रस्तावना गतिशील पार्टी नेपाली जनताको आकांक्षा, संघर्ष र भविष्यप्रतिको उत्तरदायित्वबाट जन्मिएको एक परिवर्तनमुखी राजनीतिक शक्ति हो। हामी लोकतन्त्रलाई केवल शासन प्रणाली होइन, जीवनशैलीका रूपमा स्वीकार गर्छौं। हाम्रो राजनीति सत्तामुखी होइन, जनमुखी हुनेछ।

  • हाम्रो राजनीतिक दर्शन गतिशील पार्टी सामाजिक न्याय, समावेशी लोकतन्त्र र दिगो विकासमा आधारित राजनीति गर्छ। हामी विश्वास गर्छौं कि राज्य जनताको सेवक हो, मालिक होइन। हरेक नागरिकलाई सम्मान, अवसर र न्याय सुनिश्चित गर्नु हाम्रो मूल दर्शन हो। हाम्रो राजनीति विचार र नीतिमा आधारित हुनेछ, व्यक्तिवाद र अवसरवादमा होइन। संवाद, सहमति र सहकार्य हाम्रो कार्यशैली हुनेछ।

  • सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सुशासन हाम्रो घोषणापत्रको केन्द्रीय आधार हो। भ्रष्टाचार विकासको सबैभन्दा ठूलो बाधा भएकाले यसको अन्त्य बिना समृद्धि सम्भव छैन।