हामी कसरी फरक
छौं ?
1

भ्रातृ संगठन र झोले कार्यकर्ता मुक्त पार्टी

फरकपन:

नेपालको अन्य दलहरूमा भ्रातृ संगठन (विद्यार्थी, मजदुर, कर्मचारी युनियन) को भीड हुन्छ, जसले राजनीतिलाई अपारदर्शी बनाउँछ।

हाम्रो प्रतिबद्धता:

हाम्रो कुनै पनि व्यक्ति वा भ्रातृ संगठन छैन। हामी पूर्णकालीन कार्यकर्ता (Whole-timer) हुँदैनौं। सदस्यहरू आ-आफ्नो पेशामा स्थापित हुन्छन् र समाज सेवाका लागि मात्र राजनीतिमा जोडिन्छन्।

2

‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’

फरकपन:

नेपालको अन्य दलहरूमा भ्रातृ संगठन (विद्यार्थी, मजदुर, कर्मचारी युनियन) को भीड हुन्छ, जसले राजनीतिलाई अपारदर्शी बनाउँछ।

हाम्रो प्रतिबद्धता:

हामी नेतृत्व जाम हुन दिँदैनौं। एउटा व्यक्ति एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न पाउने छैन। पार्टीको कार्यकाल पूरा भएपछि अनिवार्य रूपमा सामाजिक जीवनमा फर्किनुपर्छ।

3

'राइट टु रिकल' र जवाफदेहीता

फरकपन:

एकपटक जितेपछि ५ वर्षसम्म जनतालाई वास्ता नगर्ने परिपाटी।

हाम्रो प्रतिबद्धता:

हामी ‘राइट टु रिकल’ (निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने) र ‘नो भोट’ (Right to Reject) को अधिकार सुनिश्चित गर्ने पक्षमा छौं। काम नगर्ने नेतालाई पदमा बसिरहने नैतिक अधिकार हुँदैन।

4

पूर्ण पारदर्शिता (वेबसाइटमा हिसाब)

फरकपन:

दलहरूको आम्दानी र खर्चको स्रोत सधैं अपारदर्शी हुन्छ।

हाम्रो प्रतिबद्धता:

पार्टीको १ रुपैयाँको हिसाब पनि वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। एक व्यक्ति वा संस्थाले कुल बजेटको ५% भन्दा बढी चन्दा दिन पाउने छैन, ताकि पार्टीमा कोही ‘डोनर’ हावी नहोस्।

5

प्रविधिमैत्री र खुल्ला लोकतन्त्र

फरकपन:

कोठाभित्र सीमित गुटबन्दी र अपारदर्शी निर्णय प्रक्रिया।

हाम्रो प्रतिबद्धता:

पार्टीको सदस्यता देखि उम्मेदवार छनोट (Primary Election) सम्मका प्रक्रिया खुल्ला सफ्टवेयर (Open Software) मार्फत सञ्चालन हुनेछन्। हामी डिजिटल युगको सुहाउँदो ‘गतिशील मध्यमार्ग’ अभ्यास गर्छौं।