नीशा अधिकारी

नीशा अधिकारी

काठमाण्डौ- ५

परिचय

काठमाण्डौकी  नीशा अधिकारी, ३९, अभिनेत्री, सामाजिक- राजनीतिक अभियन्ता तथा हिमाल आरोही हुनुहुन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी नीशाले हाल द्वन्द, शान्ति र विकास विषयमा एमफिल गर्दै हुनुहुन्छ। नीशा लामो समयदेखि अभिनयमा सक्रिय हुनुहुन्छ भने उहाँले विश्वकै सबैभन्दा अग्लो हिमाल- चोमोलुङ्मा (सगरमाथा) र अफ्रिकाको सबैभन्दा अग्लो हिमाल- क्लिमिन्जारोको सफल आरोहण गरिसक्नु भएको छ।

सामाजिक न्याय र महिलाको मुद्दामा उहाँ प्रखर रूपमा बोल्दै आउनुभएको छ। हाल गतिशील पार्टीको महिला विभागको नेतृत्व गरिरहनुभएकी नीशाले राज्यसंचालनका निर्णायक तह र राजनीतिमा महिला र युवाको सहभागिताको सवालमा नीतिगत हस्तक्षेप गर्न प्रतिबद्ध भई राजनीतिमा सक्रिय हुनुहुन्छ।

आर्थिक सहयोग गर्नुहोस्

आर्थिक सहयोग QR