कृष्ण सुनुवार

कृष्ण सुनुवार

परिचय

महोत्तरीका कृष्ण सुनुवार, ३१, अनुसन्धानकर्ता तथा सामाजिक अभियन्ता हुनुहुन्छ। सामाजिक कार्य तथा अङ्रेजी साहित्यमा स्नातक र साउथ एसियन स्टडिजमा स्नातकोत्तर गर्नुभएका सुनुवारले उद्यमशीलता प्रवर्द्धनको लागि विभिन्न संघ- संस्थाहरूमा संलग्न भएर प्रशिक्षकको काम पनि गरिसक्नु भएको छ।

सामाजिक न्याय र वित्तीय शोषण विरुद्धका प्रखर वकालतकर्ता सुनुवार विभिन्न सामाजिक- राजनीतिक आन्दोलनमा सरिक हुँदै आउनुभएको छ भने अखवारी लेखनमार्फत पनि विदेश नीति, अर्थतन्त्र र सामाजिक न्यायको विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। युवाका मुद्दा, ए.आइ, राजनीतिक अर्थशास्त्र र भू- राजनीतिमा विशेष रुचि भएका सुनुवार यी क्षेत्रमा नीतिगत अनुसन्धान र हस्तक्षेप गर्ने उद्देश्यले राजनीतिमा सक्रिय हुनुहुन्छ।