सर्लाही- २
सर्लाहीका उमेश कुमार सिंह, ६२, पेसाले इन्जिनियर हुनुहुन्छ भने लामो समयदेखि सामाजिक- राजनीतिक अभियानहरूमा पनि संलग्न हुनुहुन्छ। सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका सिंहले अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ। उहाँले विभिन्न सरकारी कार्यालय मातहत रही सिभिल ओभरसियरको काम गरेको अनुभव हासिल गर्नुभएको छ भने मलंगवा नगर विकास समितिको अध्यक्ष रहेर पनि काम गरिसक्नु भएको छ। यसका साथै उहाँ निर्माण व्यावसाय र कृषि कर्ममा पनि संलग्न हुनुहुन्छ।
लामो समयदेखि सामाजिक- राजनीतिक क्रियाकलापमा संलग्न रहेर उहाँले पर्यावरण संरक्षण, कृषि र भौतिक पूर्वाधार विकासको क्षेत्रमा योगदान दिँदै आउनुभएको छ। यी क्षेत्र सँगसँगै मधेशका मुद्दाहरू र सीमान्तकृत समुदायको उत्थानको लागि नीतिगत हस्तक्षेप गर्ने उद्देश्यले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएको छ।