अनामिका चौधरी

अनामिका चौधरी

परिचय

४६ वर्षीया अनामिका चौधरी (सर्लाही) ले सि.एम.ए सम्मको अध्ययन गर्नुभएको छ भने उहाँ लामो समयदेखि उड्डयन क्षेत्रमा काम गरिरहनु भएको छ र हाल वरिष्ठ प्रशिक्षक (आगलागी, उद्धार र प्राथमिक उपचार) को रूपमा कार्यरत हुनुहुन्छ।
भूकम्प र अन्य प्राकृतिक विपत्तिका समयमा ग्रामीण क्षेत्रहरूमा विभिन्न सङ्घ-संस्थाहरु सँग आबद्ध भई स्वास्थ्य शिविर संचालन, विपद् व्यवस्थापन, पीडितहरूको पुनर्स्थापना लगायतका कामहरूमा अनुभव हासिल गरेकी अनामिकाले स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा नीतिगत हस्तक्षेप गर्ने उद्देश्यले उम्मेदवारी दिनुभएको छ।