संघीय समिति सदस्य
पर्सामा जन्मिएकी ३१ वर्षीया शैली चौधरीले वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ र हाल मानव अधिकार कानून अध्ययन गर्दै हुनुहुन्छ।
उहाँ राष्ट्रिय तथा संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत महिला, दलित, LGBTIQ+ समुदायलगायत अन्य बहु-सीमान्तकृत समुदायहरूको उत्थानको लागि काम गरिरहनु भएको छ।
हाल गतिशील लोकतान्त्रिक पार्टीमा संघीय सदस्य रहेकी शैलीले दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको कार्यक्रम निर्देशक तथा “संस्कृति” को सभापति रहेर काम गरिसक्नु भएको छ।