Leader

संघीय समिति सदस्य

विश्वास प्रजा (चेपाङ)

परिचय

चितवनमा जन्मिएका ३३ वर्षीय विश्वास प्रजा (चेपाङ) ले बेलायतको लिंकन विश्वविद्यालयबाट सामाजिक कार्य विषयमा स्नातकोत्तर गर्नुभएको छ भने हाल काठमाडौँ विश्वविद्यालयबाट विकास अध्ययनमा एमफील गर्दै हुनुहुन्छ।
विश्वास चेपाङले समुदायभित्र शिक्षा, आत्मनिर्भर अभियान, जीविकोपार्जनमा पहल, जैविक विविधता संरक्षण, अधिकारमा आधारित संरक्षण, आदिवासी ज्ञान, जलवायु परिवर्तन, बाल न्याय, युवालाई सीप, चेतना र सहभागिताका विषयमा आवाज उठाउने र अभियान मार्फत सक्रिय भूमिका खेल्दै आउनु भएको छ।
विश्वास गतिशील लोकतान्त्रिक पार्टीमा सङ्घीय सदस्य रही आदिवासी जनजाति सम्बन्धी अनुसन्धान, विकास र संकथनमा योगदान दिँदै हुनुहुन्छ। राजनीतिमा उहाँको प्रवेश चेपाङ समुदाय र सीमान्तकृत वर्गको आवाज नीतिगत र निर्णायक तहसम्म पुर्‍याउने उद्देश्य छ।