संघीय समिति सदस्य
सिराहामा जन्मिनुभएका राहुल सिंह, २०, हाल नेपाल कानून क्याम्पसमा कानून विषयमा स्नातक गर्दै हुनुहुन्छ भने प्रवीणता तह (+२) सम्मको अध्ययन बुढानीलकण्ठ स्कुल, काठमाण्डौमा गर्नुभएको थियो।
राहुल सुशासन, सामाजिक न्याय र मधेसी, दलितलगायत बहु-सीमान्तकृत समुदायको अधिकारको लागि विभिन्न स्वतन्त्र आन्दोलनहरूमा सरिक हुँदै र मुखर रूपमा आवाज उठाउँदै आउनुभएको छ। साथै हाल उहाँले मानव अधिकार आयोगको कार्यक्रम अन्तर्गत सडक बालबालिकासँग सम्बन्धित अध्ययन-अनुसन्धान पनि गरिरहनु भएको छ।
गतिशील लोकतान्त्रिक पार्टीका सबैभन्दा कान्छा संघीय सदस्य राहुल राजनीतिमा सक्रिय भएर सुशासन र समग्र मधेशका सामाजिक रूपमा पछाडि परेका मुसहर, चमार, डोमलगायतका समुदायको अधिकारको लागि नीतिगत हस्तक्षेप गर्ने गरी काम गर्न चाहनुहुन्छ। यसका साथै नेपालको शिक्षा प्रणाली र त्यसको मौलिक रूपमा सुधार गर्ने कुरामा पनि राहुलको विशेष रुचि रहेको छ।