Leader

संघीय समिति सदस्य

राम चन्द्र खनाल

परिचय

चितवनमा जन्मिनुभएका राम चन्द्र खनाल, ५६, प्रतिबद्ध विकास – नीति विश्लेषक र राजनीतिका जिज्ञासु हुनुहुन्छ जसले प्रमाणमा आधारित नीति, समावेशी शासन र दिगो कृषि विकासलाई आफ्नो सार्वजनिक जीवनको केन्द्रमा राख्नुहुन्छ। उहाँले कृषि विषयमा स्नातक, अर्थशास्त्र र कृषि प्रणालीमा स्नातकोत्तर तथा विकाश अध्ययनमा विद्यावारिधि हासिल गर्नुभएको छ।

स्नातक उत्तीर्ण गर्ने बित्तिकै खेतीपातीमा लाग्नुभएका रामचन्द्रले पर्यावरणीय र प्राङ्गारिक कृषिको क्षेत्रमा पनि लामो समय काम गरिसक्नुभएको छ। हाल करिब १२ वर्षदेखि पूर्वी तराइमा कृषि क्षेत्रको विकास, स्थानीय जीविकोपार्जन, स्थानीय शासन र किसान केन्द्रित कार्यक्रमहरूमा नेपाल कृषि केयर नामक संस्थामार्फत काम गरिरहनुभएको छ। पछिल्लो दुई दशकमा उहाँले FAO, UNEP, UNDP, ADB जस्ता अन्तर्राष्ट्रिय संस्थाका लागि कृषि, जलवायु परिवर्तन, वातावरण र विकास कार्यक्रमहरूको मूल्याङ्कन तथा नीति विश्लेषणमा अन्तरराष्ट्रिय परामर्शदाताको रूपमा पनि काम गर्नुभएको छ। उहाँ मुल्यांकनकर्ताहरूको समुदाय – नेपालका संस्थापक तथा पूर्व अध्यक्ष पनि हुनुहुन्छ।