महासचिव
धरानका पीयूष कायस्थ, ६०, कृषि र विकासको क्षेत्रमा सक्रिय हुनुहुन्छ। कृषि विज्ञानमा स्नातक र ग्रामीण विकास (Rural Development) मा स्नातकोत्तर गर्नुभएका कायस्थको डेभलपमेन्ट सेक्टरमा २५ वर्ष काम गरेको अनुभव छ भने नीतिनिर्माणको तहमा रहेर पनि काम गरिसक्नु भएको छ।
कृषि र राजनीतिमा विशेष रुचि भएका पीयूषले पार्टीमा महासचिव (संगठन) को रूपमा संगठन निर्माण र परिचालनको काम गर्दै आउनुभएको छ भने कृषि क्षेत्रको विकासको लागि पनि नीतिगत अध्ययन- अनुसन्धानमा उहाँको विशेष रुचि रहेको छ।