Leader

संघीय समिति सदस्य

पवन थापा मगर

परिचय

सुर्खेतका पवन थापा मगर, २७, लेखक, अनुवादक र फिल्मकर्मी हुनुहुन्छ भने सामाजिक- राजनीतिक क्रियाकलापमा पनि संलग्न हुनुहुन्छ। फिल्म निर्माणमा डिप्लोमा गर्नुभएका पवनले हाल दर्शनशास्त्र र राजनीतिशास्त्रमा स्नातक गर्दै हुनुहुन्छ। उहाँ बौद्ध दर्शनको अध्ययनमा पनि विशेष रुचि राख्नुहुन्छ।

पवन लामो समयदेखि सामाजिक न्याय र कर्णालीको यातायात, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित अभियान र आन्दोलनहरूमा संलग्न हुनुहुन्छ। उहाँ स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका लागि गोविन्द केसीको आन्दोलन, जातीय तथा लैंगिक विभेद/ हिंसाका विरुद्धमा भएका आन्दोलन, मिटरब्याज र वित्तीय शोषणविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
यसका साथै उहाँले भौतिक पूर्वाधार विकासको क्षेत्रमा कर्णालीको यातायात सुधारको लागि कर्णाली प्रादेशिक यातायात कानून निर्माण, सुर्खेतको पश्चिम भेगमा फोर-जी सेवा विस्तार र चेपाङ्ग गाउँमा विद्युत् विस्तारको लागि समेत सार्थक पहल गर्नुभएको छ।