संघीय समिति सदस्य
काठमान्डौंकी नीशा अधिकारी, ३९, अभिनेत्री, सामाजिक- राजनीतिक अभियन्ता तथा हिमाल आरोही हुनुहुन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी नीशाले हाल द्वन्द र शान्ति विषयमा एमफिल गर्दै हुनुहुन्छ। नीशा लामो समयदेखि अभिनयमा सक्रिय हुनुहुन्छ भने उहाँले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल, क्लिमिन्जारो र चोमोलुङ्मा (सगरमाथा) को सफल आरोहण गरिसक्नु भएको छ।
सामाजिक न्याय र महिलाको मुद्दामा उहाँ प्रखर रूपमा बोल्दै आउनुभएको छ। हाल गतिशील पार्टीको महिला विभागको नेतृत्व गरिरहनुभएकी नीशाले राज्यसंचालनका निर्णायक तह र राजनीतिमा महिला र युवाको सहभागिताको सवालमा नीतिगत हस्तक्षेप गर्न प्रतिबद्ध भई राजनीतिमा सक्रिय हुनुहुन्छ।