अध्यक्ष
रामेछापको मन्थलीमा जन्मिनुभएका डा. दिनेश प्रसाईं, ५२, समाजशास्त्रीय अध्येता तथा व्यावसायी हुनुहुन्छ। समाजशास्त्रमा विद्यावारिधि हासिल गर्नुभएका प्रसाईंले १५ वर्ष त्रिभुवन विश्वविद्यालयमा एमफिल/ पिएचडी कार्यक्रम (समाजशास्त्र केन्द्रीय विभाग) को फ्याकल्टी सदस्य भएर अध्यापन कार्यमा अनुभव हासिल गरिसक्नु भएको छ। हाल उहाँ पर्यटन/ होटेल व्यावसायमा संलग्न हुनुहुन्छ।
‘Collective Campaign for Peace’ नामक संस्थाको संस्थापक सदस्य रहनुभएका प्रसाईं सामाजिक न्याय र लोकतन्त्र रक्षाका लागि विभिन्न शान्तिपूर्ण सामाजिक आन्दोलन र अखवारी लेखनमार्फत मुखर रूपमा बोल्दै र लेख्दै आउनुभएको छ।
गतिशील लोकतान्त्रिक पार्टीको नेतृत्व गर्दै उहाँले उद्यमशीलता र पर्यटन व्यावसायको प्रवर्द्धनको लागि नीतिगत हस्तक्षेप र उदार लोकतान्त्रिक प्रणालीको रक्षाको लागि प्रतिबद्ध हुनुहुन्छ।