कोसाध्यक्ष
काठमाण्डौका ज्ञानेन्द्र राज पाण्डेले, ५४, विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ भने हाल निर्माण व्यावसायमा संलग्न हुनुहुन्छ। उहाँले ३७ वर्ष एक निर्माण कम्पनीको संचालक भएर व्यावसायिक र व्यवस्थापकीय अनुभव हासिल गर्नुभएको छ। यसका साथै उहाँले सोसाइटी अफ एक्स बुढानीलकण्ठ स्टुडेन्ट (SEBS) को अध्यक्षको रूपमा पनि काम गरिसक्नु भएको छ।
सार्वजनिक खरिदसँग सम्बन्धित नीतिगत अव्यवस्थाका विरुद्ध र सुधारका लागि उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ र राजनीतिमा सक्रिय भएर यसै क्षेत्रमा सुधारको लागि नीतिगत पैरवी गर्ने उहाँको उद्देश्य रहेको छ।