महासचिव
ललितपुरकी जानकी प्रधान, ४९, उद्यमी, प्रशिक्षक तथा सामाजिक अभियन्ता हुनुहुन्छ। समाजशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गर्नुभएकी प्रधानले हाल आफ्नै उद्यम संचालन गर्दै आउनुभएको छ भने २ दशकदेखि विभिन्न संघ-संस्थाहरुमा आबद्ध भएर प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ। यसका साथै उहाँले FNCSI, NCC, SAC SME forum, Nepal – Canada Friendship and Cultural Association लगायतका संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नु भएको छ।
उद्यमशीलता र महिला सशक्तीकरणको क्षेत्रमा विशेष रुचि राख्ने प्रधानले लामो समयदेखि विभिन्न सामाजिक अभियान र आन्दोलनमा सहभागी भएर सामाजिक न्याय र महिला सशक्तीकरणको मुद्धामा मुखर रूपमा बोल्दै आउनुभएको छ। राजनीतिमा सक्रिय भएर उहाँले उद्यमशीलता प्रवर्द्धन र महिलाहरूको लागि दिगो रोजगारी सिर्जना गर्नको लागि नीतिगत पैरवी गर्ने उद्देश्य राख्नुभएको छ।