संघीय समिति सदस्य
स्याङ्जामा जन्मिनुभएका जगन्नाथ लामिछाने, ४५, हाल काठमाण्डौमा बसोबास र व्यावसाय संचालन गर्दै आउनुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र किंग्स कलेज लण्डनबाट ग्लोबल मेन्टल हेल्थमा स्नातकोत्तर गर्नुभएको छ।
उहाँ विभिन्न स्वतन्त्र आन्दोलन र अखवारी लेखनमार्फत आर्थिक विकास, रोजगारी सृजना, सहरी विकास र सामाजिक न्यायको क्षेत्रमा बोल्दै र लेख्दै आउनुभएको छ। राजनीतिमा सक्रिय भएर उहाँले सुशासन, वडा-वडामा दिगो रोजगारी सिर्जना, सामाजिक न्याय र सहरी विकासको क्षेत्रमा अध्ययन- अनुसन्धान र सङ्गठित रूपमा निर्णायक नीतिगत हस्तक्षेप र सुधारको लागि काम गर्न चाहनुहुन्छ।