Leader

संघीय समिति सदस्य

आलोक सुबेदी

परिचय

नवलपरासी (बर्दघाट – सुस्ता पूर्व) का आलोक सुवेदी, ३७, एक नेपाली स्टार्टअप संस्थापक हुनुहुन्छ जसले कानुनी प्रविधिलाई नागरिक र राज्यसँग जोड्नको लागि काम गरिरहनु भएको छ। उहाँ मेरो अड्डाको सह- संस्थापक हुनुहुन्छ जसले कानुनी पहुँच र साक्षरता बढाउन काम गर्दछ। उहाँले नेपाली प्राविधिक र व्यावसायिक समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै युवा- संचालित अभियानहरू – इनफ इज इनफ र विवेकशील राजनीतिक आन्दोलनसँग सम्बन्धित फोरमहरूमा रहेर पनि काम गरिसक्नु भएको छ।

आलोक व्यावसायिक रूपमा हाल लेक्सइनटोश प्रा. लि. का संस्थापक र सीईओ तथा नेपालको E-Business Association को बोर्ड सदस्य हुनुहुन्छ भने नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ICT समिति सदस्य र VZeal Technologies को कार्यकारी अधिकृत रहेर पनि काम गरिसक्नु भएको छ। यसका साथै आलोक नेपालको सबैभन्दा ठुलो उद्यमशील संजाल “Entrepreneur for Nepal (E4N)” को संचालक हुनुहुन्छ जसले उद्यमशील नेपालीहरूलाई साझा संजालमा जोडेर उद्यमीहरूलाई प्रोत्साहन गर्ने काम गर्छ।