गतिशील लोकतान्त्रिक पार्टीको विधान, २०८२
मङ्लबार, माघ ७, २०८२
गतिशील लोकतान्त्रिक पार्टीको विधान, २०८२

हामी सार्वभौम राष्ट्र नेपालका सार्वभौम नेपाली नागरिकले वैधानिक रूपमा बनाइएको र सञ्चालन गरिएको संवैधानिक लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्दै;

विक्रम संवत् १९९७ देखि नागरिकलाई अधिकारसम्पन्न, देशलाई समृद्ध र लोकतान्त्रिक बनाउन गरिएका सबै आन्दोलन/विद्रोहका योगदानलाई कदर गर्दै र तिनका सहिदहरूको बलिदान प्रति नतमस्तक हुँदै; नेपाललाई समृद्ध, समतामूलक र स्वाभिमानी राष्ट्र बनाउने मुख्य उद्देश्य प्राप्तिका लागि सुशासन, उद्यमशीलता र दिगो रोजगारीको अनवरत सृजनालाई मुख्य रणनीतिका रूपमा अङ्गीकार गर्दै; देशले सोचेको प्रगति हासिल गर्न सामाजिक रूपान्तरण बिना सक्दैन र त्यसका लागि प्रतिबद्ध, विवेकशील र चेतनशील नागरिकहरूको आवश्यकता पर्छ भन्ने सोचलाई हृदयङ्गम गर्दै; आफ्नै देश र विश्वभरको अनुभव र हाम्रो आफ्नै आवश्यकताको आधारमा नेपाली समाजले उदारवादी र प्रगतिशील आदर्श–प्रेरित विचारको सृजनशील र व्यवहारिक उपयोग गर्नुपर्छ भन्ने सोचलाई मान्दै; प्राज्ञिक भाषामा आफूलाई प्रगतिशील उदारवादी भन्ने कुरालाई मनन गर्दै नेपालको सन्दर्भमा त्यसलाई गतिशील मध्यमार्गको रूपमा व्याख्या गर्दै; आदर्श र व्यावहारिकताबीच संवाद र समन्वयलाई हाम्रो राजनीतिक संस्कृति बनाउँदै; समाज सधैँ परिवर्तनशील हुन्छ र हाम्रा नीति, कानून, संस्था र नेतृत्व पनि ती परिवर्तनलाई बुझ्ने, प्रतिनिधित्व गर्ने र सम्बोधन गर्न सक्ने हुनुपर्छ भन्ने मान्यतासहित;

लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको एउटा महत्वपूर्ण संस्था राजनीतिक पार्टी गतिशील हुनुपर्छ भन्ने मान्यताका साथ; गतिशील लोकतान्त्रिक पार्टीको सञ्चालन व्यवस्थापनलाई लोकतान्त्रिक, समावेशी, स्वच्छ, विश्वसनीय, पारदर्शी र व्यवस्थित बनाउन; गतिशील लोकतान्त्रिक पार्टीको मिति २०८२ असोज २७ गते काठमाडौँमा सम्पन्न भएको भेलाले राजनीतिक पार्टीलाई वैधानिक रूपमा दर्ता गरी अगाडि बढ्ने निर्णय गरे बमोजिम नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ८ बमोजिम यो विधान स्वीकृत गरी लागू गरिएको छ।

सबै बिधान पढ्नुहोस्