राजस्व मात्र होइन, भुइँमान्छेको रोजगारी र आम्दानी पनि बढाउँछ पर्यटनले
बिहिबार, पुस १०, २०८२
राजस्व मात्र होइन, भुइँमान्छेको रोजगारी र आम्दानी पनि बढाउँछ पर्यटनले

पर्यटनमार्फत आर्थिक क्रान्तिको गतिशील मार्गचित्र

नेपाल पर्यटनमा अपार सम्भावना भएको मुलुक हो भन्दै आए पनि हामीले यो सम्भावनालाई पुँजीकृत गर्न सकेका छैनौं।

देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, जैविक विविधता र ऐतिहासिक सम्पदालाई आर्थिक समृद्धि, उद्यमशीलता, समता र सुशासनको माध्यम बनाउन सकेका छैनौं। गतिहीनताको यो पासोबाट मुक्त हुन पर्यटनमार्फत आर्थिक क्रान्ति गर्न आवश्यक छ।

गतिशील लोकतान्त्रिक पार्टीले ‘हरेक पुस्ताको जिम्मेवारी नवयुवाका लागि दिगो रोजगारी’ भन्ने नारालाई आत्मसात गर्दै आर्थिक रूपान्तरणका लागि उद्यमशीलता–समता–सुशासनको नीति अघि सारेको छ।

यो नीतिको केन्द्रमा पर्यटन–कृषि–ऊर्जा–सूचना तथा सञ्चार प्रविधिलाई रूपान्तरणका वाहकका रूपमा राखिएको छ। यसमा स्वास्थ्य, शिक्षा, स्थानीय शासन र डिजिटलाइजेसन सहयोगी भूमिकामा हुन्छन्।