दस्तावेज तथा स्रोतहरू

हामी जे बोल्छौं, त्यो लेख्छौं। र जे लेख्छौं, त्यसलाई पूर्ण पालना गर्छौं ।
( हाम्रो पारदर्शिताको प्रमाणस्वरूप हाम्रा सबै आधिकारिक दस्तावेजहरू यहाँ सार्वजनिक गरिएका छन्। )

घोषणापत्र (विस्तृत)

गति‍शील लोकतान्त्रिक पार्टी लोकतन्त्रलाई अझ सहभावनात्मक, सहभागितामूलक र अर्थपूर्ण बनाउन स्थापना भएको एक गतिशील मध्यमार्गी पार्टी हो । समृद्धि, समता र स्वाभिमान हाम्रो राष्ट्रिय लक्ष्य हुन् । “सुशासन, उद्यमशीलता र समता: वडा–वडामा रोजगारी हाम्रो प्रतिबद्धता !” हाम्रो मूल राजनीतिक एजेन्डा हो । हामीले कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र ऊर्जालाई रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका प्राथमिकता क्षेत्र मानेका छौँ । हामी नेपालको संविधान २०७२ का मूलभूत सिद्धान्तहरूप्रति प्रतिबद्ध छौँ । यद्यपि, लोकतन्त्रलाई अझ व्यवहारिक, प्रभावकारी र मितव्ययी बनाउन आवश्यक परेमा संविधान संशोधन गर्न सकिन्छ भन्ने मान्यता पनि राख्दछौँ ।